नेपालमा प्रदेश सभा र प्रदेशबीचको भिन्नता
नेपालको संविधान, २०७२ ले संघीय शासन प्रणालीको व्यवस्था गरेपछि प्रदेश र प्रदेश सभा दुई अंगका रूपमा स्थापित भएका छन्। यी दुई शब्द एकअर्कासँग सम्बन्धित भए पनि तिनको अर्थ, स्वरूप र कार्य फरक-फरक छन्।
१. प्रदेश भनेको के हो?
प्रदेश भनेको नेपालको संघीय संरचनाअन्तर्गत स्थापित भौगोलिक, प्रशासनिक तथा राजनीतिक एकाइ हो। नेपाललाई संविधानले सात वटा प्रदेशमा विभाजन गरेको छ। प्रत्येक प्रदेशको आफ्नै सरकार, प्रशासनिक संरचना र अधिकार क्षेत्र हुन्छ।
हाल नेपालमा रहेका सात प्रदेशहरु:
- कोशी प्रदेश
- मधेश प्रदेश
- बागमती प्रदेश
- गण्डकी प्रदेश
- लुम्बिनी प्रदेश
- कर्णाली प्रदेश
- सुदूरपश्चिम प्रदेश
प्रदेशको मुख्य उद्देश्य संघीय शासन प्रणालीलाई प्रभावकारी बनाउनु, स्थानीय आवश्यकता अनुसार विकास गर्नु तथा जनतालाई सहज सेवा प्रदान गर्नु हो।
२. प्रदेश सभा भनेको के हो?
प्रदेश सभा भनेको प्रदेश स्तरको विधायिका (Legislative Assembly) हो। यो प्रदेशका नागरिकद्वारा निर्वाचित प्रतिनिधिहरूबाट बनेको संस्था हो, जसले प्रदेशका लागि आवश्यक कानून निर्माण, संशोधन तथा खारेज गर्ने कार्य गर्छ।हाल नेपालमा ५५० प्रदेश सभासदहरु छन्।
३. प्रदेश सभाको काम के हो?:
- प्रदेश कानून निर्माण गर्छ,
- बजेट तथा नीतिमाथि छलफल गर्छ,
- मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को निर्माण गर्छ।
