रवि लामिछाने २०८१ साल कार्तिक २ गते पक्राउ परेपछि कहिले के भयो?

रवि लामिछाने २०८१ साल कार्तिक २ गते पक्राउ परेपछि कहिले के भयो?

  • कात्तिक २, २०८१: काठमाण्डौमा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ, पोखरा चलान
  • कात्तिक ४: कास्की जिल्ला अदालतद्वारा पक्राउ परेको दिनदेखि लागु हुने गरी छ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति
  • कात्तिक ८: कास्कीमै दोस्रो पटक सात दिन म्याद थप
  • कात्तिक २०: कास्कीमै तेस्रो पटक १० दिन म्याद थप
  • कात्तिक २५: कास्कीमै चौथो पटक १३ दिन म्याद थप
  • कात्तिक २५: अनुसन्धानका लागि पोखराबाट भैरहवा लगेर बयान
  • मङ्सिर ९: कास्कीमै पाँचौ पटक १५ दिन म्याद थप
  • मङ्सिर १३: अनुसन्धानका लागि पोखराबाट काठमाण्डू लगेर बयान
  • मङ्सिर १८: अनुसन्धानका लागि काठमाण्डूबाट चितवन लगेर बयान
  • मङ्सिर २३: कास्कीमै छैँटौँ पटक चार दिनका लागि म्याद थप
  • मङ्सिर २४: अनुसन्धानका लागि पोखराबाट पर्सा लगियो
  • मङ्सिर २५: पर्सामा बयान
  • मङ्सिर २६: पर्साबाट काठमाण्डू हुँदै पोखरा लगियो
  • मङ्सिर २७: पाँच दिनका लागि कास्कीमा सातौँ पटक म्याद थप
  • पुस १: प्रहरीद्वारा अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस
  • पुस २: जिल्ला अदालत कास्कीद्वारा चार दिनका लागि आठौँ पटक म्याद थप
  • पुस ७: कास्की जिल्ला अदालतमा सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर
  • पुस २१: स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन प्रकरणमा लामिछानेसहित ३९ जनाविरुद्ध काठमाण्डू जिल्ला अदालतमा सहकारी ठगीको मुद्दा दर्ता
  • पुस २५: कास्की जिल्ला अदालतको निर्णयपछि ६५ लाख रुपैयाँ धरौटीमा रिहा
  • पुस २८: काठमाण्डू जिल्ला अदालतमा उपस्थित, पुनः हिरासतमा
  • माघ २: काठमाण्डू जिल्ला अदालतद्वारा धरौटीमा रिहा गर्न आदेश
  • माघ ६: रूपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता
  • माघ ९: रूपन्देही जिल्ला अदालतद्वारा हाजिरी जमानीमा छाड्न आदेश
  • माघ १३: रूपन्देही जिल्ला अदालतद्वारा एक करोड रुपैयाँ धरौटी लिएर छाड्न आदेश
  • माघ २२: चितवन जिल्ला अदालतमा सहकारी रकम ठगीको अभियोगमा मुद्दा दर्ता
  • माघ २३: थुनछेक बहस नसकिएपछि थुनामा
  • माघ २४: थुनछेक बहसपछि न्यायाधीश दयाराम ढकालको इजलासले रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश।