नेपालमा USAID का कार्यक्रममा भएको भ्रष्टाचार सम्बन्धि तथ्यहरु:
(प्रा डा Yubraj Sangraula को फेसबुक पोष्टः)
USAID बन्द भयो। ट्रम्प प्रसासनलाई धन्यवाद छ। यस मार्फत नेपालमा पाँच बर्षका लागि (२०२५ सम्म) आउने भनेको ६५९ मिलियन डलर (करीब ८० अर्ब रु) ९० दिनका लागी बन्द भयो। यो रकम मध्य ८० मिलियन डलर गैर सरकारी संस्था, बिदेशी गैरसरकारी संस्था मार्फत खर्च गरीने थियो। ६५९ मिलियन डलर मध्य ६०% कसरी खर्च हुने थियो भन्ने थाह भएन।
३०० नेपाली र बिदेशी गैर सरकारी संस्था मार्फत यो खर्च हुँदै थियो। यी सस्थां मध्य अधिकांश बामपंथीहरुका थिए र उनिहरु मध्य कति त केन्द्रिय कमिटीका सदस्य पनि छ्न भनिन्छ। त्यस मध्य ५ लाख डलर नेपालमा धर्ममांथीको बिश्वास समाप्त गर्ने रकम पनि थियो।
यी एन्जिओको बेहाल भयो, अहिले। ट्रम्प प्रसाशन भन्दै छ यो सहयोगको ठूलो रकम भ्रस्टाचार हुन्थ्यो। यो रकम जुठो अफवाह फैलाउन पत्रकारलाई पनि बांडिन्थ्यो। अमेरीकाले त उस्को रणनीति कार्यन्वयन गर्ने नै भयो। तर यस्तो रकम लिएर देशका विरुद्ध कामगर्ने “नेपाली”हरुलाइ अलिकति पनि लाज लाग्छ कि लाग्दैन होला। बिदेश पलायनको पछाडि यी मान्छेले गरेको अनिमियतता पनि एउटा कारण हो। कति सम्म भएको रहेछ भने, एक सय बाख्रा बांड्न २३ लाख खर्च गरेका रहेछ्न। यिनै एन्जिओ चलाउने र एयपोर्टमा बासबस्नेहरु “राजनीतिक दललाइ भ्रष्ट पार्ने” तत्व पनि हुन। यस्ता मान्छे सल्लाहकार हुन्छ्न, राजदुत हुन्छ्न र मन्त्री पनि हुन्छ्न।
१.राजनीतिक दलहरु आफ्नो अस्तित्व जोगाउन चाहन्छ्न भने उन्ले उन्का पार्टीमा बसेर एन्जिओ चलाउनेको नकाव उतार्नुपर्छ।
२.सरकारले एन्जिओको कार्यक्रममा बिदेश जाने नेता र कर्मचारीको नामावली प्रकाशित गर्नुपर्छ।
३. बेदेशी राजदुतावासमा भात खान जाने पत्रकार, वकिल र अन्य ब्यवसायिको नाम इमान्दार पत्रकारले बाहिर ल्याउनु पर्छ।
४. बिदेशी दूतावासका सिफारिसमा नियुक्त भएका रास्ट्रसेवक को को हुन यदि कोहि इमान्दार गृहमन्त्री छ भने उस्ले प्रकाशित गर्नुपर्छ।
देश बिदेशी शहायताको दुर्ब्यसनी भएको छ। अत:
१. बिदेशी सहायता लिनुपुर्व संसदमा प्रस्ताव पेश गर्ने कानुन बनाउ।
२. बिदेशी दूतावास, दातृसंस्था र बिदेशी एन्जिओलाई आफै परीयोजना संचालन गर्न दिन बन्द गर।
३. नेता, कर्मचारी, ब्यवसायीलाइ दुताबासका मान्छे सङ्ग पुर्व स्वीकृती बिना भेटघाट गर्न बन्द गर।
४. परराष्ट्र मन्त्रालयको पुर्व स्वीकृति बिना मन्त्री र नेतालाइ बिदेशी सङ्ग भेट गर्न निशेध गर।
५. रास्ट्रको स्वार्थ बिरोधि काम गर्नेका विरुद्ध देशद्रोहको अपराधमा मुद्दा चलाउन थाल।
६. परराष्ट्र मन्त्रालयलाई फ्रन्टलाइन मन्त्रालय बनाउ।
७. समग्र दक्षिणसंङ्गको सहकार्य सुरु गर र चीन र भारत दुबै सदस्य रहेको बृक्समा समलग्न होउ।
यी मागका बारेम छल्फल गरौँ।
(यो लेख प्रा डा Yubraj Sangraula को फेसबुक पोष्ट बाट लिईएको हो )
नेपालमा USAID का कार्यक्रममा भएको भ्रष्टाचार सम्बन्धि तथ्यहरु