
अमेरिकामा ट्रम्प गोल्ड कार्ड लागु हुने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै नाममा “ट्रम्प गोल्ड कार्ड” नाम दिईने नयाँ भिषा कार्यक्रम सुरु गर्ने घोषणा गरेका छन्। यस “ट्रम्प गोल्ड कार्ड” अन्तरगत ५० लाख अमेरिकी डलर (अर्थात ५ मिलियन USA डलर) झण्डै नेपाली ७० करोड रुपैयाँ खर्च गरेर खरिद गर्नु पर्ने छ। यो “ट्रम्प गोल्ड कार्ड” पाएका ब्याक्तिहरुलाई अमेरिकामा बस्न, काम गर्न तथा ब्यापार गर्न पाउने छन् भने अमेरिकी नागरिकता प्रप्त गर्न पनि बाटो खुल्ला हुने छ।
ट्रम्पले हालै घषणा गरे अनुसार “तपाईहरुसंग ग्रिन कार्ड छ, तर यो ‘ट्रम्प गोल्ड कार्ड’ हुनेछ। यसले ग्रिन कार्डका विषेशताहरु प्रदान गर्ने छ र अमेरिकी नागरिकता प्राप्त गर्न बाटो खोल्ने छ। विश्वका धनाड्य् व्यक्तिहरुले यो कार्ड किनेपछि हाम्र देशमा आउने छन्।ट्रम्पले यसप्रकारको कार्ड लाखौ विक्रिहुने अनुमान गरेका छन्।ट्रम्पको यो घोषणाले अन्य भिषा कार्यक्रमहरु जस्तै EB5 तथा EDV कार्यक्रमहरु बन्द हुने अनुमान गरिएको छ।