यी निम्न तथ्यहरुले तीनकुने घटना राज्य आतंक होः
हाल नेपालको दुई तिहाईको गठबन्धन सरकाले तीनकुने घटनाको बारेमा राजावादीहरुलाई आरोप लगाई आफूं उम्कने प्रयास गरीरहेको छ। बास्तम्बमा उक्त तीनकुने घटना राज्यले योजना-बद्ध रुपमा घटाएको एउटा आतंक थियो। यो घटना राज्य पक्षका, बिषेश गरी नेकपा (एमाले) र नेपाली काँग्रेसका आपराधिक व्याक्तिहरुले राज्यको सहयोगमा घटाएको राज्य आतंक हो भन्ने कुरा निम्न घटना तथा तथ्यहरुले स्पस्ट पार्दछः
घटना नं. १ नेकपा (एकिकृत समाजवादी) पार्टीको पार्टी कार्यालय तोडफोडः
नेकपा (एमाले) का उशृङखल व्याक्तिहरुले नेकपा (एकिकृत समाजवादी) को पार्टी कार्यालयलाई तोडफोड गरेका हुन् किन भने माधव नेपालको ने.क.पा. (एकिकृत समाजवादी) संग ने.क.पा. एमाले को ठुलो दुश्मनी छ। तर राजावादीहरुको र ने.क.पा. (एकिकृत समाजवादी) बिच कुनै प्रकारको दुश्मनी वा रिस-ईबी छैन र तोडफोड गर्नु पर्ने कुनै कारण पनि छैन। नेकपा (एमाले) ले नेकपा (एकिकृत समाजवादी) को पार्टी कार्यलय तोडफोड गरी तह लगाउन खोजेको हो। तर यसको दोष चाही राजावादीहरुलाई लगाउँदै छ। त्यसैले राजावादीहरुलाई देखाएर योजना बद्ध रुपमा नेकपा एमालेले उक्त पार्टी कार्यालय तोडफोड गरेको हो। यो पनि राज्य आतंकको एउटा उदाहरण हो।
घटना नं. २ राष्ट्रिय गान गाएकै समयमा अश्रृग्यासः
तीनकुनेमा हुन लागेको कार्यक्रम उद्घघाटन हुनु भन्दा पहिले राष्ट्रिय गान गाई रहेको समयमा अश्रृग्यास हान्ने र कार्यक्रम विथोल्ने कार्यमा राज्यको आतंककारी शैलिले निकै ठुलो भुमिका खेलेको छ। यहि निहुमा ब्याक्तिहरुको व्याक्तिगत भवन सम्पत्तिमा गुण्डाहरु भित्र पसि आतंक मच्चाईएको छ। योजना बद्ध तरिकाले घटनाहरु घटाईएको छ। यसरी योजना बद्ध आतंककारी घटना घटाउने तर दोष चाही राजवादीहरुलाई लगाउने? यो राज्यले गरेको जघन्य अपराध हो, यसको निश्पक्ष न्यायीक छानविन हुनु पर्दछ।
घटना नं. ३: वास्तविक भिडियोलाई “डिप-फेक” भन्नुः
राष्ट्रिय गान गाईरहेकै समयमा कार्यक्रम विथिल्ने गरी स्टेजमै अश्रृ ग्यास फ्याँक्ने अनी उक्त भिडियोलाई “डिप-फेक” भनेर उन्मुक्ति खोज्नु पनि राज्य आतंकको एउटा उदाहरण हो। आफ्नो कमजोरीहरुलाई ढाक-छोप गर्नको लागि राज्यले यस्ता प्रकारका अनेकन आरोपहरु लगाउने गर्दछ।
घटना नं. ४: आफ्नो कमजोरी ढाक-छोप गर्न अरुलाई दोष लगाउनुः
राज्यले आतंक मच्चाएर निर्दोष जनता मार्ने कार्य गरेको छ तर ढाक-छोप गर्नको लागी अरुलाई दोष लगाउने कार्यले पनि स्पस्ट पार्छ कि उक्त दीनको आतंक राज्यले मच्चाएको जघन्य घटना हो।
घटना नं. ५: पत्रकारको मृत्तुः
पत्रकारको मृतु त्यती सामान्य देखिएको छैन। उनी किन उक्त कोठाबाट अनेत्र गएनन्? किन प्रहरीले घरको भित्र नहेरी बाहिरबाट गेट लगायो? यो अवस्य पनि आतंक मच्चाउनको लागी हो। यसले के स्पस्ट गर्छ भने राज्यले आतंक मच्चाउने, मार्ने तर दोष राजवादीहरुलाई लगाएर आफू उम्किन खोजेको देखिन्छ। यो झुटको खेति कतिदिन सम्म होला?
घटना नं. ६: कसरी करिब ४००० को जुलुसले यत्रो घटना घटाउन सक्छ? :
राज्यले नै भनेको थियो कि उक्त राजावादीहरुको जुलुसमा करिब ४००० जति मानिस उपस्थित हुन्छन्। के राज्य ४००० लाई नियन्त्रण गर्न सकेन? यो त केवल भनाई मात्र हो। त्यहँत राज्यले खटाएका गुण्डाहरुले आतंक मच्चाएका हुन्। राजावादीहरुले त्यत्रो आतंक मच्चाउन सक्ने शक्ति वा जुलुस थिएन। यो त राज्य द्वारा घटाईएको राज्य आतंक थियो र राज्य आतंक नै हो। यसको निष्पक्ष न्यायीक छानविन हुनु पर्दछ।
घटना नं. ७: घरको छत-छतबाट अश्रृ-ग्यास फ्याक्नुः
राजावादीहरुले आतंक मच्चाएको जस्तो देखाएर आफै आतंक मच्चाउनको लागी व्याक्तिहरुको व्याक्तिगत सम्पत्तिको छत्-छत् बाट अश्रृग्यास फ्याँक्ने कार्य भएको छ। यसले राज्य पूर्ण असफल भएको स्पस्ट हुन्छ। न्यायीक छानविन हुनु जरुरी छ।
अतः तीनकुनेमा यस्ता दर्जनौ घटनाहरु छन् जुन घटनाहरुको वास्तविकता केवल उच्च स्तरीय न्यायीक छानविन आयोगले मात्र पत्ता लगाउन सक्तछ। राज्यले आफ्ना कमि कमजोरीहरु, भ्रष्टाचारका काणडहरु, जन-आक्रोस लाई दवाउन र ढाकछोप गर्नको लागि राजावादीहरुलाई देखाएर उम्किन खोजेको छ। यसको एक मात्र समाधान भनेको उच्च स्तरीय न्यायीक छानविन समिति मात्र हो।
तीनकुने घटनाको उच्च स्तरीय न्यायीक छान-बिन होस्