सन्दिप लामिछानेको प्रहरी अनुशन्धान सकिएको छ जसमा १२ बर्ष कैद सजाय र उपयूक्त क्षतिपुर्ति माग दाबि गरिएको छ ।
नाबालिक बलात्कार अरोपमा प्रहरी परिसर गौसाला काठ्माण्डौमा रहेका राष्टिय क्रिकेट खेलाडि सन्दिप लामिछाने सङ्ग सम्बन्धित अनुसन्धान सकेर प्रहरी परिसर गौसालाले सरकारी वकिलको कार्यालय काठमाण्डौ पठाएको छ । राष्टिय क्रिकेट टिमका निलम्वित कप्तान सन्दिप लमिछाने सँग सम्बन्धित जाहेरीमा ४५ दिन भन्दा बढि समय लगाएर प्रहरीले प्रतिबेदन तयार पारेको हो । गौशाला प्रहरी परिसरले उक्त पर्तिबेदन सरकारी वकिलको कयर्यालय काठमाण्डौमा बुझाएको हो ।
प्रहरीले अनुसन्धानको क्रममा पिडित भनिएकि बालिकाको उमेर १८ बर्ष भन्दा कम रहेको जनाएको छ । मुलुकी अपराध संहिता (ऐन), २०७४ को दफा २१९ को उपदफा ३ को ‘घ’ को प्राब्न अनुसार १२ बर्ष कैद दावी गर्ने सिफारीस गरेको छ ।