राज्यले मेरो भागमा रु ९१ हजार ७ सय ऋण थोपरी दियोः
आजको मितिमा हिसाव गर्ने हो भने नेपालको झण्डै २७ खर्व ऋण पुगेको छ। यसलाई २०७८ सालको जनगणना अनुसार हिसाव गर्ने हो भने प्रति व्यक्ति करीब रु.९१,७००।-(एकानब्बे हजार सात सय रुपैयाँ) हुन आउछ।
चालु आर्थिक वर्ष २०८१/८२ को शुरुमा कूल सार्वजनिक ऋण रु २४ खर्व ९ करोड रहेकोमा फागुन मसान्त सम्ममा रु २ खर्व ४१ अर्व ९३ करोड थप बृद्धि भई कुल सार्वजनिक ऋण दायित्व रु २६ खर्व ७६ अर्व ३ करोड पुग्को छ। जुन कुल गाह्रस्थ उत्पालनको ४६.९१ प्रतिशत हुन आउँछ। यस आर्थिक वर्षको फाल्गुन मसान्त सम्म विनिमय दरमा भएको परिवर्तनले ६६ अर्व २९ करोड सार्वजनिक ऋण दायित्वको बृद्धिमा प्रभाव परेको छ। कुल सार्वजनिक ऋणमा फागुन मसान्त सम्ममा वैदेशिक ऋणको हिस्सा ५०.५३ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४९.१६ प्रतिशत रहेको छ।
तर सार्वजनिक ऋण प्रत्यक्षरुपमा व्याक्तिले तिर्नु नपरेतापनि राज्यले करका दरहरुमा बृद्धि गरी उक्त ऋण तिर्ने रकम वा पैसा उठाउने गर्दछ। कुनैपनि राष्ट्रको आन्तरीक वा बैदेशिक ऋण बढ्नुलाई राम्रौ मानिदैन।
(प्रकाशित मितिः चैत्र-५, २०८१)