चौतर्फी संकटमा राजनीति र मुलुक
विश्वको भूराजनीतिमा उलटपुलट भइसकेको छ, नेपाली नेताहरू घुसेमुन्टो लगाउदै बसेका छन्। अमेरिकामा ट्रम्प आएपछि क्रान्ति भएको छ। मध्यपूर्वमा ईजरायल शक्तिशाली भएको छ। हमास हिज्बुला र सिरियाको अल असद खलास पार्यो। भारतमा कॉग्रेस र कम्युनिष्ट खलास छ। रूस र अमेरिका युक्रेन मामलामा मिलेका छन्। रूसलाई भारत र चीनको समर्थन छ। ईजरायल भनेको मध्यपूर्वको अमेरिका नै हो। नेपालले प्यालेष्टाईन/हमासलाई समर्थन गर्यो, ईजरायलको लगातार बिरोध गर्दै युएनमा भोट हाल्यो। नेपालले रूसको बिरोध गर्दै युक्रेनको समर्थन गऱ्यो। भारतले यस्तो उत्ताउलो केही गरेन, शक्ति राष्ट्र सबैको प्रिय भयो। अहिले भारतको बैदेशिक नीति सही प्रमाणित हुन पुगेको छ तर नेपाल दलदलमा फँसेको छ। विश्वमा कसैले नेपालको पक्षमा बोल्दिने अवस्था छैन। कोही आफन्त बनाउन सकेन। प्यालेष्टाईनी हमासले पनि हेप्यो। नेपाली बिपिन जिउदो छन् कि के छन् केही भन्दैन।
नेपालले अमेरिका र भारतलाई रिझाउन टिकटक बन्द गऱ्यो । पछि सरकार फेरिएपछि ओलीले चीनलाई खुशी पार्न टिकटकमाथिको प्रतिवन्ध खोल्यो। तर चीन र भारत मिलेर कालापानी लिपूलेकमा सहमति गरे। यसरी अनि फेरि भारत र अमेरिकालाई चिढायो। भारतले वर्तमान सरकारलाई छड्के नजरले पनि हेर्न छाडेको अवस्था छ। सत्ताधारी नेताहरू कसैसंग पनि भेट्दैन वा भेट्न मान्दैन। चीन बिआरआईका कारण नेपालको वर्तमान सरकारसंग बेखुश छ।
अहिले अमेरिकाका राष्ट्रपति ट्रम्प, विश्वको नं १ धनाढ्य ईलन मस्क र कॉग्रेसका सभामूखले नेपालमा अमेरिकी सहयोगको ब्यापक दुरूपयोग भयो भन्दै विश्वमा नेपाललाई खराब मुलुक भन्दै हाईलाइट गरिरहेका छन्।
सम्पत्ति शुद्धिकरणमा नेपाल ग्रे लिष्टमा परेर विश्वमा बद्ननाम र बाह्य लगानीमा अविश्वसनीय भएको छ। बैदेशिक सहयोग रोक्का हुने क्रम बढ्दै जाने सम्भावना छ।
यस्तो समयमा राजा ज्ञानेन्द्र शाहले जनतासमक्ष राष्ट्र जोगाउन सहयोग मागेका छन्। पूर्वको मुक्लुङ पाथीभरा काण्ड जंगली आगलागीजस्तो दन्किरहेको छ।
सत्ताधारी नेताहरू सयौँ सुरक्षाकर्मी बिना सार्वजनिक समारोहमा जान नसक्ने र समारोह बिथोलिन थालेको छ।
सरकार अत्यधिक लोकप्रिय कुलमान र बालेनसंग पंगा लिईरहेको छ।सत्ताधारी दलका नेता कार्कर्ताहरू गुण्डागर्दी गर्ने र पक्राउ नपर्ने हुदै गएको छ। सत्तानिकट अपराधमा संलग्न नेताहरूबिरूद्ध मुद्दा नचलाउने बिकृति चरम बढेको छ। यस्तो चौतर्फी महासंकट नेपालमा मडराएको छ।
(साभार)