राजनीतिमा नैतिकता नहुँदा आजको यो अवस्था आएको हो।

जनता भन्दा सुरक्षा कर्मी धेरै छन्

नेपालमा अहिलेको राजनीतिक अवस्था आउनु वा अवस्था बिग्रनुको मुख्य कारण नै राजनीतिमा नैतिकता, ईमान्दारीता तथा जनताको सेवाको भावनाको अभाव हुनु हो।

किन भने :

  1. नेताहरु स्वार्थप्रधान राजनीतिमा तल्लीन हुनु
    – नेताहरू व्यक्तिगत सत्ता, धन र पदमा केन्द्रित हुनु।
    – जनताको सेवा गर्ने उद्देश्य कमजोर, आफ्नै स्वार्थ बलियो पार्नमा तल्लीन हुन।
  2. नेताहरु भ्रष्टाचार र अनियमिततामा तल्लीन हुनुः
    – ठेक्का-पट्टा, नियुक्ति, बजेट बाँडफाँडजस्ता क्षेत्रमा पारदर्शिता नहुनु।
    – राजनीतिक आडमा ठूला भ्रष्टाचार हुने, जसले जनताको विश्वास घटाउँदै जानु।
  3. भाषणमा वाचा तर व्यवहारमा भ्रष्टाचार
    – चुनावी भाषणमा नैतिकता, सेवा र समर्पणको कुरा हुनु।
    – तर व्यवहारमा ती सम्पूर्ण कुराहरु हराउँनु र नेताहरु कमाउनमा तल्लीन हुनु।
  4. जनताप्रति बेवास्ता
    – नेता जनताको पीडा बुझ्ने भन्दा पनि विलासी जीवनशैलीमा रमाउनु।
    – यसले जनतामा निराशा र राजनीतिप्रति घृणा बढाएकोले विस्फोट।
  5. लोकतन्त्र कमजोर हुँदै जानु
    – नैतिकता नभएको राजनीतिले लोकतन्त्रलाई पनि बदनाम बनाइदिएकोले आजको अवस्था आएको हो।
    – पार्टी भित्रै लोकतान्त्रिक अभ्यास नहुनु यसको र यसको परिणाम स्वरुप जनताको विद्रोह भएको।

नैतिकता नभएको राजनीति भनेको दिशाहीन जहाज जस्तै हो-जहाँ गन्तव्यमा पुग्ने सम्भावना हुँदैन।
यदि नेताहरूमा सत्यनिष्ठा, सेवा भावना र नैतिक मूल्य स्थापित भएको हुन्थेयो भने आजको अवस्था आउने नै थिएन र आजको स्थिति नआउने निश्चित थियो। त्यसैले, राजनीतिज्ञ त नैतिकवान, ईमान्दार तथा जनताको सेवक हुनु पर्छ। यहाँ त जनता भन्दा सुरक्षाकर्मी धेरै छन्। यस्तो अवस्था आए पछि त राजनीति छाड्दा नै बेश हुन्छ होला। एक जनाको लागी पार्टी नै सती जानु पर्ने हो र?