बनमा पाईने च्याऊ र लोकल कुखुराको मासु कहिले पनि मिसाई पकाएर नखाऊ, मिसाएर पकाएमा सबैभन्दा ठुलो बिष बन्छ ।
पिउने पानिको लागि सकेसम्म तामाको भाँडाहरुको प्रयोग गरौ, जस्तै तामाको गाग्री, तामाको बेला आदिको प्रयोग गरौ ।
खानेकुरा पकाएको सकेसम्म ४५ मिनेट भित्रमा खाईसकौ ।
बिहान घाम उदाउनु भन्दा पहिला र साँझ घाम अस्ताउनु अघि खाना खानु हाम्रो स्वास्थ्यको लागि लाभदायक हुन्छ ।
साँझको समयमा माछा-मासु मित्रलाई होइन आफ्नो शत्रुलाई मात्र खुवाऊ ।
एलोपेथिक औशधिले रोकथाम मात्र गर्ने काम गर्ने हो स्वास्थ्य बनाउनको लागि काम गर्ने होईन, त्यसैले आ-आफ्नो वरिपरि पाईने आयुर्वेदिक घरेलु औषधि उपचारलाई प्राथमिकता दिउँ । गाउँघरका जडिबुटीहरु बारे धेरैकुरा हामी हाम्रो वरिपरि गाउँघर कै बुढापाकाहरुबाट चिन्न, जान्न, बुझ्न, र सिक्न सक्छौ ।
पानि पिउँदा उभिएर कहिले नपिउँ । चिया, कफि पिए जस्तै गरि बिस्तारै बसेर मात्र पिउने गरौ ।
खानामा धनिया, जिरा, र अजवाईनको प्रयोग गरो ।
खाना खाँदा स्टिलको थाल भन्दा काँशको थाल र फलामको कराई भन्दा किटको कराई प्रयोग गर्दा अत्यानतै राम्रो हुन्छ ।