नेपालमा जान्नै पर्ने ५ कानूनहरूको मार्गदर्शिका

नेपालमा जान्नै पर्ने ५ कानूनहरूको मार्गदर्शिका

यस मार्गदर्शिकामा सामान्य नागरिकका लागि प्रत्यक्ष उपयोगी हुने पाँच महत्वपूर्ण कानुनहरूलाई सरल भाषामा प्रस्तुत गरिएको छ। संविधानदेखि उपभोक्ता अधिकारसम्मका यी कानुनहरू बुझ्दा हाम्रो दैनिक जीवन सहज र कानुनी रूपमा सुरक्षित हुन सक्दछः

१. नेपालको संविधान, २०७२

नेपालको संविधान राष्ट्रको मूल कानुन हो। यसले:

– नागरिकका मौलिक हक (शिक्षा, स्वास्थ्य, स्वतन्त्रता, समानता, सम्पत्ति, रोजगारी)

-राज्यका अंग (विधायिका, कार्यपालिका, न्यायपालिका) को संरचना

-सार्वभौमिकता, राष्ट्रियता र नागरिकताको व्यवस्था निर्धारण गर्दछ। संविधानको ज्ञान प्रत्येक नागरिकका लागि अनिवार्य हुन्छ।

२. फौजदारी संहिता, २०७४ तथा फौजदारी कार्यविधि संहिता, २०७४

यस संहिताले अपराध र त्यसको सजाय निर्धारण गर्दछ। र यसको कसरी अभियोजन तथा प्रकृयाको बारेमा जानकारी वा मार्ग दर्शन प्रदान गर्दछ। सामान्यतया:

– हत्या, चोरी, ठगी, बलात्कार, घरेलु हिंसा, सार्वजनिक अपराध

– मादक पदार्थ दुरुपयोग, अवैध हतियार राख्ने अपराध

– सामाजिक अनुशासन तोड्ने गतिविधि

यी सबैलाई नियमन गर्दछ। नागरिकले कुन कार्य अपराध हो भन्ने थाहा पाउनु जरुरी छ। साथै कसरी राज्यले अभियोजन गर्दछ र यसका प्रकृयाहरुका बारेमा जानकारी दिन्छ।

३. देवानी संहिता, २०७४ र देवानी कार्यविधि संहिता, २०७४

सामाजिक तथा पारिवारिक सम्बन्धहरुसँग प्रत्यक्ष सम्बन्धित कानुन् हुन यि। यि कानूनहरुले:

– विवाह, सम्बन्ध विच्छेद

– सम्पत्ति बाँडफाँड, उत्तराधिकार

– जग्गा–जमिन, धनी–मालिक सम्बन्ध तथा यसका प्रकृयाहरुका बारेमा मार्गदर्शन प्रदान गर्दछन्।

जस्ता दैनन्दिन जीवनका विषयहरू नियमन गर्दछ। नागरिकको जीवनमा सबैभन्दा बढी प्रयोग हुने कानुन यिनै कानूनहुन।

४. भूमि सम्बन्धी कानुन (भूमि ऐन, जग्गा धनी दर्ता नियमावली आदि)

नेपालमा सम्पत्तिसम्बन्धी विवाद प्रायः जग्गा–जमिनसँग सम्बन्धित हुन्छ। यस कानुनले:

– जग्गा खरिद–विक्री र दर्ता प्रक्रिया

– कित्ताकाट, नाप–नक्शा

– जग्गा-धनी पुर्जा प्राप्ति र स्वामित्व अधिकार सम्बन्धी प्रावधान राखेको छ। नागरिकले आफ्नो सम्पत्ति कानुनी रूपमा सुरक्षित गर्न यो कानुन बुझ्न जरुरी छ।

५. उपभोक्ता संरक्षण ऐन, २०७५

नागरिकलाई गुणस्तरीय वस्तु र सेवा प्राप्त गर्ने अधिकार सुरक्षित गर्ने कानुन हो। यसले:

– नक्कली वा म्याद नाघेका सामानको बिक्री रोक्छ

– मूल्यवृद्धि वा धोखाधडीविरुद्ध उजुरी गर्ने आधार दिन्छ

– उपभोक्ताको स्वास्थ्य, सुरक्षा र हितलाई संरक्षण गर्दछ।

पूरक रूपमा थाहा पाउनुपर्ने अन्य कानुनहरू

– श्रम ऐन, २०७४: कामदार र नियोक्ताबीचको सम्बन्ध नियमन गर्छ।

– सूचनाको हक सम्बन्धी ऐन, २०६४: नागरिकले राज्यसँग सूचना माग्न पाउने अधिकार।

– भ्रष्टाचार निवारण ऐन: सार्वजनिक पदधारीले गर्ने भ्रष्टाचारविरुद्ध।

– वातावरण संरक्षण ऐन: प्रदूषण नियन्त्रण र वातावरणीय संरक्षण।

अन्त्यमाः

नेपालमा नागरिकले थाहा पाउनै पर्ने कानुनहरू मध्ये संविधान, फौजदारी संहिता, देवानी संहिता, भूमि सम्बन्धी कानुन र उपभोक्ता संरक्षण ऐन जस्ता कानूनहरु अत्यावश्यक हुन्। यी कानुनको आधारभूत ज्ञानले नागरिकलाई आफ्नो अधिकार प्रयोग गर्न, कर्तव्य बुझ्न र समाजमा न्यायपूर्ण जीवनयापन गर्न सहयोग पुर्याउँछ भन्ने मा निस्चित हुन अनुरोध गर्दछु।