A. ज्ञान, सीप र अभ्यास (Knowledge, Skill & Practice)
१. संविधान र कानुनको गहिरो ज्ञान
२. नयाँ ऐन, नियम, आदेशहरू निरन्तर अध्ययन
३. कानुनी अनुसन्धान र केस स्टडी गर्ने
४. मुद्दा विश्लेषण गर्ने सीप
५. कानुनी दस्तावेज तयार पार्ने सीप
६. तर्क गर्न सक्ने क्षमता (Debating Skills)
७. कानुनी भाषाको राम्रो बुझाइ
८. अन्तर्राष्ट्रिय कानूनको जानकारी, चासो
९. डिजिटल कानुन र साइबर कानूनमा दक्षता
१०. मुद्दाको रणनीति बनाउन सक्ने सोच
B. व्यक्तित्व र नैतिकता (Personality & Ethics)
११. ईमानदारी र सत्यको अडान
१२. पेशागत गोपनीयता पालन
१३. समय पालनशीलता
१४. सकारात्मक सोच
१५. आत्मानुशासन
१६. आत्मविश्वास
१७. धैर्यता र सहिष्णुता
१८. समर्पण र सेवा भाव
१९. मानसिक सन्तुलन
२०. शिष्टता र सभ्य व्यवहार
C. व्यवहार र ग्राहक सेवा (Client Handling)
२१. क्लाइन्टको कुरा बुझ्ने र बुझाउने कला
२२. नियमित सम्पर्कमा रहने बानी
२३. स्पष्ट र यथार्थ सूचना दिन सक्ने
२४. विश्वास निर्माण गर्ने क्षमता
२५. कानुनी सुझाव दिनेमा इमानदारी
२६. ग्राहक सन्तुष्टि र गोप्यता
२७. क्लाइन्टसँग सहानुभूति राख्ने व्यवहार
२८. समस्या समाधान गर्ने उपाय दिने क्षमता
२९. जटिल कुरालाई सरल भाषा प्रयोग गरी बुझाउने
३०. क्लाइन्टको हितका लागि संघर्ष गर्ने भावना
D. अदालतको व्यवहार र तयारी (Courtroom Practice)
३१. सुनुवाइमा आत्मविश्वासका साथ बोल्ने
३२. मुद्दाको बहसमा तार्किक प्रस्तुति
३३. न्यायाधीशसँग उचित व्यवहार
३४. प्रतिपक्षको बहसलाई कमजोर बनाउने रणनीति
३५. साक्षी, प्रमाण र कागजात तयार गर्न दक्षता
३६. अदालतको समय र म्यादमा ध्यान दिने
३७. इजलास अनुसार प्रस्तुत हुने तरिका
३८. अदालतको वातावरण बुझ्ने र संयमित बोल्ने
३९. औपचारिक पोशाक, बोलिचालि र आचरण
४०. अदालतले मागेको जानकारी तुरुन्त दिन सक्ने तयारी
E. व्यावसायिक सफलता र छवि (Reputation & Success)
४१. राम्रो व्यवहारले प्रतिष्ठा बनाउनु
४२. सहकर्मी वकिलसँग सञ्जाल विस्तार
४३. वरिष्ठ वकिलको मार्गदर्शन लिने
४४. सार्वजनिक छवि राम्रो राख्ने
४५. मिडिया वा सामाजिक सञ्जालको ठिकसंग प्रयोग
४६. कानुनी लेख/ब्लग लेख्ने, साहित्यिक रचना गर्ने
४७. जनताको सेवा गर्ने भावना सहित काम गर्ने
४८. आर्थिक मामिलामा अति इमानदारी रहने
४९. सानो मुद्दा होस् वा ठुलो समान व्यवहार गर्ने
५०. आफ्नो कमजोरीको आत्ममूल्यांकन गर्दै सुधार गर्ने
F. सामाजिक र प्रेरणादायी योगदान (Social & Inspirational Impact)
५१. कानुनी सचेतना कार्यक्रम सञ्चालन
५२. कानुनी सहायता शिविरमा सहभागी
५३. गरिब/पीडितको लागि निःशुल्क सेवा
५४. कानूनको प्रयोग गरी न्यायको पहुँच पुर्याउने
५५. समाजमा अन्याय विरुद्ध आवाज उठाउने
५६. युवा वकिलहरूलाई मार्गदर्शन गर्ने
५७. कानुनी शिक्षा प्रवर्द्धन गर्ने
५८. कानून र न्यायका कुरा सर्वसाधारणमा बुझाउने
५९. वकालतको माध्यमबाट नीति निर्माणमा प्रभाव पार्ने
६०. शिक्षक वा प्रशिक्षकको भूमिका पनि खेल्ने
G. आत्मविकास र दीर्घकालीन सोच (Personal Growth & Vision)
६१. जीवनभर सिकिरहने बानी
६२. पुस्तक, कक्षा, तालिममार्फत ज्ञान अपडेट
६३. आलोचनालाई आत्मसुधारमा बदल्ने
६४. दीर्घकालीन लक्ष्य बनाउने
६५. “वकिल” मात्र होइन, “न्यायको योद्धा” बन्ने सपना
अन्तमा
यी बुदाहरू आत्मसात गर्नुभयो भने तपाईं राम्रो वकिल मात्र होइन, महान वकिल बन्न सक्नुहुने छ जो समाजमा सम्मानित, शक्तिशाली र प्रेरणादायी हुन्छ।