Success is not Determined by Age सफलतामा उमेरले फरक पार्दैन ।
“कसैले २५ वर्षमा विवाह गरेर १० वर्षपछि सन्तान प्राप्त गरे, कसैले ३४ वर्षमा विवाह गरेर १ वर्षमा सन्तान पाए । कसैले २३ वर्षमा Master Degree गरेर ११ वर्षपछि खोजेको काम पाए । कसैले ३० वर्षमा उच्च शिक्षा पूरा गरेर २ वर्षमै खोजेको काम पाए । कोही २५ वर्षमा कम्पनीको निर्देशक बने र ५० वर्षको अल्पायुमा नै मरे, कसैले सोही पद ५० वर्षमा पाए र ९० वर्ष सम्म बाँचे । भारतको समय अमेरिकाको भन्दा करिब १० घण्टा छिटो छ, तर यसले अमेरिका ढिला छ भन्न मिल्दैन । ओबामाले ५५ वर्षमा दुइ कार्यकाल सक्काएर अवकाश पाए जबकी ट्रम्पले त्यही काम ७० वर्षपछि गरे।